काठमाडौं, माघ २१- सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयलाई शुल्क बृद्धि गर्न बाटो खुला गरेको छ। त्रिविको कार्यकारी परिषद्को निर्णयविरुद्ध दर्जनभन्दा बढी विद्यार्थी संगठनले पटकपटक दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले शुल्कबृद्धि गर्ने त्रिविको निर्णयलाई बैधता दिएको हो।







